+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

श्रमिकको घरमा परिवर्तनको उज्यालो ल्याउँदैछौं: श्रमिक दिवसमा प्रधानमन्त्री ओलीको सन्देश

श्रम दिवसको सन्देशमा प्रधानमन्त्रीले सामाजिक सुरक्षा योजनाको निरन्तरता र विस्तारमार्फत श्रमिकको जीवनस्तरमा दीगो सुधार ल्याउने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

जनवाच
९ घण्टा अगाडी

काठमाडौं, वैशाख १८ — अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान र सामाजिक सुरक्षाको महत्वबारे सन्देश दिँदै श्रमिकको पसिना र समर्पणले नै देश र समाज टिकेको बताएका छन्। उनले आफूलाई पनि श्रमिककै श्रेणीमा राख्दै सामाजिक सञ्जालमा शुभकामना सन्देश सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले केही वर्षअघि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले अहिले २० लाखभन्दा बढी श्रमिकलाई प्रत्यक्ष फाइदा पुर्‍याएको दाबी गर्दै भने, “व्यङ्ग्य र ट्रोलका बीचबाट अघि बढेर आज हामी श्रमिकको घरमा परिवर्तनको उज्यालो ल्याउने दिशामा छौं।”

उनले श्रम मात्र होइन, श्रमिकको भविष्य सुरक्षित गर्ने नीतिमा सरकार अडिग रहेको उल्लेख गर्दै, “छोराछोरीको उज्यालो मुहार र आमाबुबाको निर्धक्क जीवनका लागि सामाजिक सुरक्षा योजनाले महत्वपूर्ण भूमिका खेलिरहेको छ,” भनेका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले श्रमिकको भूमिका बिना देशको विकास असम्भव रहेको भन्दै श्रम र श्रमिकको सम्मान गर्न सबैलाई आह्वान गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ