+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजामती सेवा सुधार र विधायन प्रभावकारिता बिसयेमा – संसदका दुई समितिमा आज गहन छलफल

जनवाच
५ घण्टा अगाडी

काठमाडौं – संघीय संसद अन्तर्गत आज दुई महत्वपूर्ण समितिहरूको बैठक सिंहदरबारमा बस्दैछन्, जहाँ निजामती सेवा सुधारदेखि विधायन कार्यान्वयनसम्मका विषयमा गहन छलफल हुने भएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरू समेटिएको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।
उक्त विधेयकले संघीय निजामती सेवाको संरचना र कार्यप्रणालीलाई स्पष्टता दिने अपेक्षा गरिएको छ। विभिन्न तहमा रहेका कर्मचारीका अधिकार, कर्तव्य र सेवाका सर्तलाई एकीकृत र संघीय संरचनासँग सुसंगत बनाउने उद्देश्यले विधेयक तयार गरिएको हो।

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक अपरान्ह १२:४५ बजेबाट सुरु हुनेछ। उक्त बैठकमा ‘विधायन ऐन, २०८१’ को कार्यान्वयनमा समितिको भूमिका कस्तो रहन सक्ला भन्ने विषयमा गम्भीर बहस अपेक्षित गरिएको छ। बैठकमा समितिका पूर्व सभापति श्री रामनारायण विडारीसँग प्रत्यक्ष अन्तरक्रिया गरिनेछ।

सरकारी संयन्त्र र कानुनी आधार सुदृढ गर्दै लैजाने यो प्रयास नेपालको संघीय शासन अभ्यासमा एक महत्वपूर्ण पाइला बन्ने अपेक्षा गरिएको छ। कर्मचारीतन्त्र संघीय संरचनामा कसरी ढालिने भन्ने विषयमा स्पष्ट नीति नहुँदा विभिन्न तहमा द्विविधा र समस्या देखिँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ