+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

घाइतेमाथि उपचार मात्र होइन, भविष्यको जिम्मेवारी पनि लिओस् सरकार : सांसद सोबिता गौतम

जनवाच
२२ घण्टा अगाडी

५ वैशाख, काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले तीनकुने घटनामा घाइते भएकाहरूको केवल उपचार गरेर सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको ठान्न नहुने स्पष्ट पार्दै पीडितहरूको दीर्घकालीन अवस्था प्रतिको चासो अभिव्यक्त गरेकी छिन्।

शुक्रबार बसेको संसदको कानुन, न्याय तथा मानव अधिकार समिति को बैठकमा बोल्दै सांसद गौतमले सरकारको निशुल्क उपचारको घोषणाले मात्रै मानव अधिकार सुनिश्चित नहुने भन्दै गम्भीर प्रश्न उठाइन्।

“उहाँहरूमध्ये धेरैजना आन्दोलनमा प्रत्यक्ष सहभागी नभएका हुन्, तर गोली लागे,” गौतमले भनिन्, “राज्यले निशुल्क उपचार दिने भन्यो, तर त्यो मात्रै पर्याप्त छ त? जीवन चलाउन, जागिर धान्न, परिवार पाल्न पनि के राज्यको भूमिका हुनु पर्दैन?”

उनले घटनालाई केवल एकपटकको ‘घटनात्मक उपचार’ हैन, दीर्घकालीन पुनःस्थापनाको दृष्टिकोणबाट हेर्नुपर्ने बताइन्। “सरकारले मानवीय दृष्टिकोण अपनाउँदै दीर्घकालीन योजना बनाउनु पर्छ,” गौतमको जोड थियो।

उनको भनाइ अनुसार, पीडितहरूको मानव अधिकार, रोजगारी, मानसिक अवस्था, पारिवारिक अवस्था लगायतका पक्षमा पनि राज्यले उत्तरदायित्व लिनुपर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ