+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

विवादित पात्र बमजनलाई उच्च अदालतबाट यौ’न दुराचार मुद्दामा सफाइ, पीडित पक्षमा निराशा

जनवाच
१ दिन अगाडी

काठमाडौं — लामो समयदेखि विवादमा रहँदै आएका तथाकथित तपश्वी रामबहादुर बमजन यौ’न दुराचार मुद्दामा उच्च अदालत जनकपुरबाट सफाइ पाएपछि फेरि एकपटक उनी कानुनी बहसको केन्द्रमा आएका छन्।

सर्लाही जिल्लाकी नाबालिका अनुयायीमाथि यौ’न दुराचारको आरोपमा जिल्ला अदालत सर्लाहीले उनलाई १० वर्षको कै’द सजाय र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भरपाईको फैसला गरेको थियो। तर, सोही मुद्दामा पुनरावलोकन गर्दै उच्च अदालत जनकपुरको इजलास—न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई सफाइ दिएको हो।

यो फैसलाले बमजनका समर्थकहरूलाई राहत मिलाएको देखिए पनि पीडित पक्ष र मानवअधिकारकर्मीहरूबीच व्यापक निराशा छाएको छ। पीडितका तर्फबाट न्यायको खोजी गर्दै आवाज उठाउनेहरूले अब सर्वोच्च अदालतमा पुनरावेदनको बाटो रोज्न सक्ने  छन ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ