काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले आफ्नो प्रथम वार्षिकोत्सव शुक्रबार साँझ भव्य सांस्कृतिक माहोलमा सम्पन्न गरेको छ। ‘नेपाली सांस्कृतिक विविधता र आतिथ्य संस्कृतिको सम्मान’ भन्ने मूल उद्देश्य बोकेको यस कार्यक्रमले होटलको पहिलो वर्षको सफल यात्रालाई सम्झना मात्र होइन, नेपालीपनको जरो बलियो बनाउने संकल्प पनि व्यक्त गर्यो।
साँझ आयोजित समारोहमा प्रतिष्ठित अतिथि, साझेदार संस्था, कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता थियो। लोक नृत्य, शास्त्रीय संगीत र परम्परागत प्रस्तुतिहरू कार्यक्रमको आकर्षण बने। यी प्रस्तुतिहरूले दर्शकलाई केवल मनोरञ्जन मात्रै होइन, नेपाली संस्कृति र पहिचानप्रति गर्वको अनुभूति दिलाए।
कार्यक्रममा सहभागीहरूले होटलले पछिल्लो एक वर्षमा नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय पर्यटनसामु प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको भन्दै प्रशंसा गरे। लेमन ट्री प्रिमियरले स्थानीय समुदायसँगको सहकार्य, उत्कृष्ट आतिथ्य सेवा र सांस्कृतिक सत्भाबका लागि निरन्तर क्रियाशील रहेको छ।

होटलका प्रवक्ताले कार्यक्रममा बोलेका थिए, “यो वार्षिकोत्सव केवल उत्सव मात्र होइन, नेपाली hospitality को विश्वव्यापी पहुँच सुनिश्चित गर्ने हाम्रो दीर्घकालीन यात्राको पहिलो खुड्किलो हो।”
बुढानीलकण्ठ मन्दिर नजिकै अवस्थित यो होटलले नेपाल भ्रमणमा आउने आन्तरिक तथा विदेशी पाहुनालाई शान्त वातावरण, समृद्ध सांस्कृतिक अनुभव र आधुनिक सुविधा एकसाथ उपलब्ध गराउँदै आएको छ।
लेमन ट्री प्रिमियरको यो प्रयासले राजधानीमा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्दै विशिष्ट पहिचान बनाउने संकेत दिएको छ। होटल व्यवस्थापनले आगामी वर्षहरूमा अझ नयाँ कार्यक्रम र सेवामार्फत पाहुनाहरूको अनुभवलाई थप सशक्त बनाउने योजना पनि सार्वजनिक गरेको छ।