+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

स्थिरता र सेवा प्रवाहको सन्देशसहित इच्छाकामनामा नयाँ भवन उद्घाटन

उक्त कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा लगायत सहभागी थिए।

जनवाच
२२ घण्टा अगाडी

चितवन, ५ वैशाख – इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनका हल्लालाई ‘राजनीतिक अफवाह’ भन्दै नकारेका छन्। उहाँले स्थिरता, सुशासन र समृद्धिका लागि अहिलेको सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन्।

प्रधानमन्त्रीले बृहत्तर राजनीतिक सहमतिबाट बनेको सरकार कुनै अस्थिरताको सङ्केत नभई, ठोस नतिजा दिनतर्फ उन्मुख रहेको स्पष्ट पार्नुभयो। “सरकार परिवर्तनको हल्लामा सत्यता छैन, ढुक्क भएर सेवा र विकासमा लाग्नुहोस्,” उहाँले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो।

नयाँ भवन उद्घाटनसँगै प्रधानमन्त्रीले स्थानीय सरकारलाई अधिकारको सही प्रयोग गर्दै संविधानको मर्म अनुसार जिम्मेवारी वहन गर्न सुझाव दिनुभयो। “गाउँगाउँमा सिंहदरबार पुर्‍याउने हाम्रो सोच थियो, अब त्यसको प्रभावकारी कार्यान्वयनको समय हो,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले चेपाङ समुदायको जीवनस्तर उकास्न लक्षित आवास कार्यक्रम ल्याइने पनि जानकारी दिनुभयो। उहाँले प्रशासनिक भवनले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ