+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

पश्चिम नेपालका सडकमा ‘मेजेस्टिक’ क्रान्ति : व्यवसायीलाई १२ युनिट भोल्भो आइचर च्यासिस हस्तान्तरण

जनवाच
२२ घण्टा अगाडी

काठमाडौं, ५ वैशाख – पश्चिम नेपालका सडकहरुमा अब भोल्भो आइचरको नयाँ ‘मेजेस्टिक’ च्यासिस दौडिने भएका छन्। बतास एमएडब्लू कमर्सियल भेहिकल्सले आफ्ना प्रमुख ग्राहकहरूलाई १२ युनिट अत्याधुनिक ‘मेजेस्टिक बाई भोल्भो आइचर १२ मिटर च्यासिस’ हस्तान्तरण गर्दै सार्वजनिक यातायात क्षेत्रमा नयाँ प्रविधि र विश्वसनीयताको सुरुआत गरेको छ।

मुन एयरबस, देवराज ट्राभल्स र टाइम ट्राभल्सलाई हस्तान्तरण गरिएका ती बसहरू पश्चिम नेपाल बस व्यवसायी प्रालिका सदस्य हुन्। हस्तान्तरण समारोहमा यातायात व्यवसायी, साझेदार, र एमएडब्लू कमर्सियलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं पश्चिमाञ्चल नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले ‘मेजेस्टिक’ को मजबुत संरचना र उच्च प्रविधिबाट प्रभावित भएको जनाउँदै यो लगानी दीर्घकालीन र लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो।

गाडीको चाबी एमएडब्लू इन्टरप्राइजेज प्रालिका उपाध्यक्ष हेमन्त पुराणिकले हस्तान्तरण गर्नुभएको थियो। उहाँले मेजेस्टिकलाई नेपालमा सबैभन्दा छिटो वृद्धि हुने हेभी कमर्सियल बस ब्रान्डको रूपमा चिनाउँदै यसको उच्च गुणस्तर, माइलेज र एसी सुविधा सहितको निर्माणले यसलाई लोकप्रिय बनाएको बताउनुभयो।

मेजेस्टिक १२ मिटर च्यासिसका प्रमुख विशेषताहरू :

  • १९२HP क्षमताको शक्तिशाली इन्जिन

  • ७१५NM टर्क – उच्च पुलिङ क्षमताका लागि

  • ४२५ लिटरको विशाल फ्युल ट्याङ्की

  • कम्पनी फिट गरिएको एसी कम्प्रेसर

  • जीवनभरि लुब्रिकेट हुने प्रोपेलर स्याफ्ट – मर्मत खर्च न्यून

  • ६० हजार किमिको सर्भिस इन्टरभल

  • हलुका तर मजबुत डोमेक्स च्यासिस

  • अगाडि वेभेलर सस्पेन्सन – पहाडी सडकका लागि उपयुक्त

  • बिक्रीपछिको उत्कृष्ट सेवा

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ