+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

कर्फ्युका कारण बिरगञ्जको रात्री बजार स्थगित

जनवाच
६ दिन अगाडी

वीरगञ्ज, ३० चैत । नयाँ वर्ष २०८२ लाई उल्लासपूर्वक स्वागत गर्न वीरगञ्जमा आयोजना गरिएको ‘रात्रि बजार’ आज स्थगित गरिएको छ। वीरगञ्ज महानगरपालिकाको पहलमा शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रम आइतबारसम्म चल्ने योजना रहेको थियो, तर हनुमान जयन्तिको शोभा यात्रामा उत्पन्न साम्प्रदायिक तनावपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्युका कारण बजार बन्द गरिएको हो।

शोभा यात्राका क्रममा दुई समुदायबीचको झडपले हिंस्रक रूप लिएपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। त्यसैको फलस्वरूप आजको कार्यक्रम स्थगित गरिएको वीरगञ्ज महानगरले जनाएको छ। भोलिको रात्रि बजार कार्यक्रम भने स्थिति विश्लेषण गरेर मात्रै सञ्चालन गरिने निर्णय गरिएको छ।

नयाँ वर्षको अवसरमा आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजना गरिएको रात्रि बजारले वीरगञ्जको साँझ र रातलाई उज्यालो बनाउने, स्थानिय व्यवसायलाई गति दिने र समुदायबीचको सहकार्यलाई मजबुत बनाउने उद्देश्य बोकेको थियो। यसअघि पनि महानगरले हरेक नयाँ वर्षमा यस्तै रात्रि बजार आयोजना गर्दै आएको थियो।

महानगरले यो कार्यक्रम ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको सहकार्यमा आयोजना गरेको थियो।

स्थानीय व्यापारी, सेवा प्रदायक र नागरिकले रात्रि बजार स्थगित हुनुमा निराशा व्यक्त गरे पनि शान्ति र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै यस्तो निर्णय लिइनु स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ