+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

 उद्योग क्षेत्रको विकास, लगानी र उत्पादकत्वमा जोड : मन्त्री भण्डारी

जनवाच
१ हप्ता अगाडी

काठमाडौँ, चैत २८ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकासलाई सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट पार्नु भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभामा मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न सरकारले विभिन्न नीतिगत सुधार र कार्यक्रमहरू अघि बढाएको जानकारी दिनु भएको छ।

“सरकारले लगानीको वातावरणलाई थप अनुकूल बनाउन, समय सापेक्ष ऐन र कानूनको सुधार गर्दै एकल विन्दु सेवाका लागि विशेष पहलहरू गरिरहेको छ,” मन्त्री भण्डारीले भने। उहाँका अनुसार, औद्योगिक विकासका लागि सरकारले औद्योगिक पूर्वाधारमा विशेष ध्यान दिँदै विद्युत आपूर्ति सुधार, सडक र यातायातको विकास र सूचना प्रविधिको विस्तारमा काम गरिरहेको छ।

मन्त्री भण्डारीले निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्दै मेक इन नेपाल जस्ता अभियानहरूले स्वदेशी उद्योगलाई प्रतिस्पर्धात्मक बनाउने र रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो।

उहाँले थप्नुभयो, “हामीले निजी क्षेत्रसँगको सहकार्यलाई महत्वपूर्ण मान्दछौं। सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको समग्र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ