+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसियन हाइवे विस्तारको क्रममा, स्थानीय न्यायको प्रतिछ्यागर्दै जग्गा विवाद अझै सुल्झिएन

जनवाच
१ हप्ता अगाडी

पथरी, चैत २८ – मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा एसियन हाइवे सडक निर्माणका क्रममा उत्पन्न जग्गा विवादको समाधान अझै नहुँदा स्थानीयवासीको जीवनमा थप जटिलता आएको छ। सडक निर्माणमा भएका गलत मापदण्ड र प्रशासनिक ढिलासुस्तीले स्थानीयलाई वर्षौंदेखि पीडामा डुबाएको छ।

एसियन हाइवे निर्माणको क्रममा मोरङ्गी खोला र डाँस खोलाबीचको एक किलोमिटर क्षेत्रमा सडक निर्माण गर्दा अनजानेमा गलत स्थानमा सडक बनाइएको हो। नक्सामा तोकिएको स्थानभन्दा सडक करीब २५-३० फिट दक्षिणतिर बनाइएपछि स्थानीयहरूको जग्गा प्रभावित भएको छ। यस कारण, न त उनीहरूले आफ्नो जग्गा बिक्री गर्न सकेका छन्, न त बैंकिङ कारोबार गर्न।

स्थानीय मदन पोखरेलका अनुसार, “वर्षौंदेखि यो समस्याले हाम्रो परिवार र गाउँलाई ठूलो कठिनाइमा डुबाएको छ। सरकारले हाम्रो पीडा सुनिरहेको छैन। हामीले मालपोत तिर्ने, कर तिर्ने गर्दा पनि हाम्रो जग्गा अझै अनविलन गरिएको छ।”

एसियन हाइवे निर्माण परियोजनामा आएको समस्याका कारण स्थानीय क्षेत्रको विकास प्रक्रिया पनि ठप्प भएको छ। यहाँ पेट्रोल पम्प सञ्चालनका लागि आउने व्यवसायीहरूले पनि भूमि विवादका कारण प्रक्रिया अघि बढाउन सकिरहेका छैनन्। यस्तो स्थिति गम्भीर हुँदै गएपछि, साङ्गठनिक र सरकारी अधिकारीहरूका बीचमा समस्या समाधानका लागि छलफल भइरहेका छन्।

सडक निर्माण आयोजना प्रमुख जगत प्रजापति भने यो विषयमा चरणबद्ध छलफल भइरहेको जानकारी दिँदै भने, “समस्या समाधान नगरी जिरिखिम्तीमा सडक विस्तार नगरिनेछ। हामी यस मुद्दामा काम गर्दैछौं।”

यस घटनाले एसियन हाइवेको महत्व र यो सडकले नेपाललाई साङ्गठनिक रूपमा जोड्ने योजना भए पनि, स्थानीयवासीको अधिकार र न्यायको विषयमा अझै स्पष्ट समाधान नआएको देखाउँछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ