+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

९ दिन दबाबपछि संवादको ढोका खुल्यो, सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा वार्ता सुरु

जनवाच
१ हप्ता अगाडी

काठमाडौँ, चैत २८ – शिक्षा क्षेत्र सुधारको मागसहित निरन्तर आन्दोलनरत शिक्षकहरू र सरकारले ९ दिनपछि संवादको बाटो रोजेका छन्। लामो प्रतीक्षा र दबाबपछि सिंहदरबारमा आज सरकार र शिक्षक महासंघबीच बार्ता औपचारिक रूपमा सुरु भएको छ।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिधा भट्टराईको उपस्थितिमा वार्ता सुरु गरिएको हो।

शिक्षक महासंघका प्रतिनिधिहरूले शिक्षाको स्थायित्व, पेशागत सुरक्षासहित ऐनमार्फत संरचना स्पष्ट गर्नुपर्ने माग गर्दै आएका छन्। सरकार, अर्कोतर्फ, शिक्षालाई समावेशी र परिणाममुखी बनाउने दाबी गर्दै आए पनि कानुनी आधारबिनाको शिक्षा प्रणाली दीर्घकालीन रूपमा सम्भव नरहेको शिक्षकहरूको तर्क छ।

विगत ९ दिनदेखि सरकारको मौनताले शिक्षा क्षेत्रमा अन्योलता छाएको बेला आजको वार्तालाई सकारात्मक संकेतको रूपमा हेरिएको छ।

वार्तामा ठोस सहमति जुट्न सके आन्दोलनको मोर्चा शिथिल हुने अपेक्षा गरिए पनि शिक्षक पक्षले ऐन बिना आन्दोलन नरोकिने अडान लिइरहेका छन्।

अब वार्ताको निष्कर्षले शिक्षाको भावी दिशा तय गर्नेछ, जहाँ शिक्षाका लागि नीतिगत स्पष्टता र स्थायित्वको माग केन्द्रमा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ