+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

सीमामा लागुऔषध कारोबारगर्ने गाँजा–चरेससहित चार जना पक्राउ

जनवाच
१ हप्ता अगाडी

पर्सा, चैत २८ – नेपाल–भारत सीमा क्षेत्रमा लागुऔषध कारोबार फेरि चर्चामा आएको छ, जब पर्साबाट गाँजा र चरेससहित चार जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक रहेको पुष्टि भएपछि सीमापार नेटवर्कको संलग्नता बारे पनि प्रश्न उठ्न थालेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य अन्तर्गत मोतिहारी थानाको सुगौली ग्राम छपरा–७ का ४५ वर्षीय विकास साह रहेका छन्। उनलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैबाट मंगलबार पक्रिएको हो।

पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार साहको साथबाट दुई किलो चरेस बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

उही स्थानबाट प्रहरीले गाँजासहित थप तीन जना नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ निवासी २९ वर्षीय पञ्चलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन्।

उनीहरूको साथबाट पाँच किलो ७५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ