काठमाडौँ, २७ चैत, २०८१ -आज, २७ चैत २०८१ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (Crest Micro Life Insurance Ltd.) बीचको सम्झौतामा ७५,००,००० कित्ता साधारण शेयर सूचीकरण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीले प्रति शेयर रु. १०० को अंकित तथा चुक्ता मूल्यका साथ सर्वसाधारणलाई २२,५०,००० कित्ता शेयर (३०%) र संस्थापक शेयरधनीलाई ५२,५०,००० कित्ता शेयर (७०%) वितरण गरेको हो। यसरी सूचीकरण गरिएका साधारण शेयरहरुको कारोबार नेपाल स्टक एक्सचेञ्जमा आगामी दोस्रो कारोबार दिनदेखि सुरु हुनेछ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयरको खुल्ला बिक्री प्रक्रिया एनआईएमवी एस क्यापिटल लिमिटेडमार्फत सञ्चालन गरेको थियो। कम्पनीको प्रधान कार्यालय सुर्खेतको बिरेन्द्रनगर ६ मा रहेको छ र सूचीकरणपछि सम्पूर्ण सेवालाई हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौँबाट व्यवस्थापन गरिने बताइएको छ।