+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

  राष्ट्रि वाणिज्य बैंक लिमिटेडले ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर खुला : सर्वसाधारणका लागि ९.५ लाख कित्ता उपलब्ध

जनवाच
१ हप्ता अगाडी

काठमाडौं – राष्ट्रि वाणिज्य बैंक लिमिटेडले ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र सार्वजनिक निष्कासनमार्फत २ अर्ब ५० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्न लागेको छ। बैंकले वैशाख ७ गतेदेखि ऋणपत्रमा आवेदन दिने प्रक्रिया खुला गर्दैछ।

धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति प्राप्त गरेको यो डिबेञ्चर प्रत्येक कित्ता १,००० रुपैयाँ अंकित दरमा २५ लाख कित्ता जारी गरिनेछ।

६०% अर्थात् १५ लाख कित्ता व्यक्तिगत रूपमा (Private Placement)

५% अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोष

बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ

सात वर्षे अवधि रहेको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत स्थायी ब्याजदर पाइनेछ। लगानीकर्ताहरूले न्यूनतम २५ कित्ताबाट अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्।

प्रारम्भ: वैशाख ७

प्रारम्भिक अन्त्य: वैशाख १०

ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले पाएको छ।कम जोखिम, सुनिश्चित ब्याज र बैंकको साखमा आधारित यो डिबेञ्चर विशेषतः स्थिर आम्दानी खोज्ने लगानीकर्ताका लागि आकर्षक विकल्प हुन सक्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ