+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामसङको स्मार्ट उपकरणसँग नयाँ वर्षको कनेक्टेड अनुभव: विशेष अफरको साथ स्मार्ट जीवनशैलीमा कदम राख्नुहोस्

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, २६ चैत – नेपालमा नयाँ वर्ष २०८२ को आगमनसँगै सामसङ नेपाल ले “नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर प्रस्तुत गरेको छ। यस अफरले ग्राहकहरूलाई स्मार्ट घर र स्मार्ट जीवनशैलीको अनुभव दिलाउने लक्ष्य राख्दै विशेष छुट, आकर्षक उपहार र सजिलो इएमआई सुविधा प्रदान गर्दै छ।

सामसङका स्मार्ट उपकरणहरू जस्तै स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर र माइक्रोवेभ जस्ता अप्लाएन्सहरूलाई स्मार्टथिङ्स कनेक्सन मार्फत वाई-फाई संग जडान गरेर मोबाइलबाट सहज रूपमा नियन्त्रण गर्न सकिन्छ। यसले ग्राहकलाई घरको अप्लाएन्सलाई अझ सुलभ र व्यवस्थित तरिकामा चलाउने मौका दिन्छ।

सामसङको १९ वर्षसम्मको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइनअपका साथ, चुनिएका ५५ इन्च वा माथिका टिभीहरू खरिद गर्दा १२ महिनासम्मको वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा निःशुल्क प्रदान गरिनेछ। त्यस्तै, पुराना उपकरण एक्सचेन्ज गर्दा रु ८,००० सम्मको एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ।

सामसङको बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन्। ९ केजी बिस्पोक एआई वाशिङ मेसिन को खरिदमा सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई वाशिङ मेसिन को साथ सर्फ एक्सेल म्याटिक निःशुल्क उपलब्ध हुनेछ। साथै, यी उपकरणहरूमा २० वर्षको वारेन्टी रहेकोले, दीर्घकालीन सुरक्षा सुनिश्चित हुन्छ।

सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदर मा १२ महिनासम्म र टिभीहरूको लागि १८ महिनासम्म इएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध हुनेछ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र त्रिवेणी व्यापार प्राइभेट लिमिटेड द्वारा संचालित डिलर नेटवर्क प्यान नेपालभर वा सामसङको आधिकारिक वेबसाइट मार्फत अनलाइन खरिद गर्न सक्नेछन्

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ