मुम्बई, चैत २६ — बलिउडका ‘किंग खान’ शाहरूख खान फेरी पर्दामा फर्किँदैछन्, तर यस पटक उनीसँगै देखिने दीपिका पादुकोणको भूमिकाले दर्शकलाई हैरान पार्नेछ। ‘पठान’ र ‘जवान’ पछि फेरि एकपटक यो चर्चित जोडी फिल्म ‘किंग’ मा देखिँदैछ, तर सम्बन्ध अब प्रेमी–प्रेमिकाको नभई, जटिल अतीत र प्रतिशोधले गाँसिएको छ। सन् २०२६ मा आउने भनिएको फिल्म ‘किंग’ मा शाहरूख खानको मुख्य भूमिका रहनेछ भने दीपिका पादुकोण सुहाना खानकी आमाको भूमिकामा देखिनेछिन् — उनी शाहरूखको पूर्व प्रेमिका हुने र कथाको केन्द्रीय मोडमा रहने जनाइएको छ। दीपिकाले फिल्ममा एक्स्टेन्डेड क्यामियो गर्ने भए पनि उनको भूमिकालाई “पावरफुल” र “इमोशनल ड्राइभ” दिने बताइएको छ। फिल्मले अर्काे कौतुहलता यो राख्छ कि यसमा शाहरूख आफ्नै छोरी (फिल्मी पात्रमा) सुहाना खानसँग बदला लिन खोज्नेछन्। यो कथा केवल भावनात्मक मात्र नभई, एकदमै डार्क र ट्विस्टले भरिएको एक्सन थ्रिलर बन्ने संकेत गरिएको छ। सुहाना यसै फिल्ममार्फत् आफ्नो थिएटर डेब्यू गर्दैछिन्, जसमा उनीप्रति सबैको नजर केन्द्रित हुनेछ। यो जोडीले ‘ओम शान्ति ओम’ बाट यात्रा सुरु गरेको थियो र अब ‘किंग’ मा यो यात्रा नयाँ भावनात्मक उचाइमा पुग्नेछ। दीपिका फिल्ममा प्रेमिका मात्र होइन, एक आमाको जिम्मेवारी, एक महिलाको पीडा र एउटा भूतपूर्व सम्बन्धको छायाँ बोकेको पात्रको रूपमा प्रस्तुत हुनेछिन्। फिल्म २००० को हिट ‘बिच्छु’ बाट प्रेरित मानिए पनि, यसको कथा फरक हुनेछ। रेड चिलीज इन्टरटेन्मेन्ट र मार्फलिक्स प्रोडक्सनले मिलेर निर्माण गर्ने यो फिल्मको छायांकन आगामी महिना सुरु हुने जनाइएको छ। ‘किंग’ केवल एक एक्सन फिल्म होइन, बलिउडका सबैभन्दा लोकप्रिय कलाकारहरूको भावनात्मक टकरावको कथा हो। जहाँ शाहरूखको बदला, दीपिकाको नसोचेको पुनर्मिलन र सुहानाको संघर्ष एकसाथ पर्दामा आउनेछन्।