काठमाडौं – आज चन्द्रमा कर्कट राशिमा रहेका छन् भने सूर्य मीन राशिमा। यो संयोजनले भावनात्मक गहिराइ र कलात्मक अभिव्यक्तिलाई उकास्नेछ। बसन्त ऋतु र उत्तरायण सूर्यको प्रभावले नयाँ ऊर्जा र उन्नतिको संकेत गर्दछ। मेष: जिम्मेवारीको भार भए पनि कार्यक्षेत्रमा तपाईँको प्रतिभा पहिचान हुनेछ। आत्मविश्वास र प्रतिष्ठा निर्माणमा फड्को मार्ने समय। वृष: अचानक अवसरको ढोका खुल्नेछ। वैकल्पिक आम्दानीका स्रोततर्फ ध्यान जानु लाभदायक हुनेछ। प्रेम र पारिवारिक सम्बन्धमा मिठास आउनेछ। मिथुन: ग्रहहरूको उल्टो प्रभावले निर्णयमा सतर्कता आवश्यक छ। मन खिन्न हुन सक्छ, तर ध्यान र आत्मविश्लेषणबाट राहत पाउन सकिनेछ। कर्कट: प्रेम, सौन्दर्य र भावनाको उभार रहने दिन। आत्मकेन्द्रित नहुनु नै सम्बन्ध बचाउने सूत्र हुनेछ। सिंह: आर्थिक लाभको सङ्केत देखिए पनि बोलीमा संयमता आवश्यक छ। व्यक्तिगत सम्बन्धमा विवादको सम्भावना छ, संवादमार्फत टार्न सकिनेछ। कन्या: सन्तान र पारिवारिक सद्भावले सन्तोष दिने दिन। नयाँ सीप सिक्न वा देखाउन उपयुक्त समय। तुला: पेशागत जिम्मेवारी सजिलै पूरा हुनेछ। घरपरिवार र सम्बन्धमा समय खर्चिनु लाभदायक हुनेछ। बृश्चिक: पढाइमा सफलता, पेसागत उन्नति र पारिवारिक सन्तोषका लागि उत्तम दिन। धार्मिक भावना जागृत हुनसक्छ। धनु: धनार्जन, प्रतिस्पर्धामा विजय र नयाँ लगानीका लागि शुभ समय। उपहार वा पुरस्कार हात लाग्न सक्छ। मकर: सम्बन्धमा स्पष्टता आवश्यक छ। बोलीमा नियन्त्रण राख्न सके आय र लोकप्रियता दुवैमा वृद्धि हुनेछ। कुम्भ: व्यवहारमा ध्यान पुर्याउनुपर्ने दिन। सन्तुलन मिलाउन सके सन्तोषजनक परिणाम पाइनेछ। मीन: आशावादी सोच र आत्मबलले लक्ष्यमा सफलता मिल्ने दिन। रचनात्मक क्षेत्रमा प्रशंसा प्राप्त हुने सम्भावना।