काठमाण्डौं, अप्रिल ७, २०२५ – विश्व स्वास्थ्य दिवस २०२५ को अवसरम Lemon Tree Premier, बुढानीलकण्ठद्वारा स्वास्थ्य प्रवर्द्धन र वातावरणीय सचेतनालाई समेट्दै भिन्न ढंगले सामाजिक जिम्मेवारी निर्वाह गरेको छ। होटलले आयोजना गरेको “स्वस्थ जीवन पदयात्रा” नाउँको जनचेतनामूलक अभियानले समुदाय, सञ्चार क्षेत्र र सामाजिक सञ्जालका प्रतिनिधिहरूलाई समेट्दै एउटा फरक दृष्टिकोण प्रस्तुत गर्यो।

सात बजे बिहान नारायणचौरबाट सुरु भएको पदयात्रा बुढानीलकण्ठको हरियाली र शान्त वातावरणमा सम्पन्न भयो। करिब २०० भन्दा बढी सहभागीहरूमध्ये होटलका कर्मचारी, स्थानीय बासिन्दा, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरू थिए। उनीहरूले पैदल यात्रामार्फत स्वच्छ हावा, हरित शहर र दिगो जीवनशैलीप्रति प्रतिबद्धता जनाए।
यो कार्यक्रमलाई विशेष बनाउने पक्ष भनेको निजी क्षेत्र – विशेष गरी एक पाँचतारे होटल – बाट आएको स्वच्छ वातावरण र दिगो परिवेशको पक्षमा स्पष्ट आवाज थियो। “ह्यायात प्लेस काठमाडौं” ले होटलको सामान्य गतिविधिभन्दा बाहिर निस्केर स्थानीय स्तरमा वातावरणीय स्वास्थ्य र जनस्वास्थ्यलाई जोड्ने प्रयास गर्नु व्यवसायिक क्षेत्रबाट सामाजिक उत्तरदायित्व वहनको राम्रो उदाहरण हो।

कार्यक्रममा जनस्वास्थ्यका साझेदारका रूपमा “नेपाल मेडिको” को सहकार्य रहेको थियो। सम्पूर्ण पदयात्राभर मेडिकल टिम र एम्बुलेन्स सेवा उपलब्ध गराइएको थियो, जसले सहभागीहरूको सुरक्षालाई सुनिश्चित गर्यो।
कार्यक्रमको समापन होटलको परिसरमै गरिएको थियो, जहाँ सहभागीहरूले स्वास्थ्य र वातावरणीय सन्तुलनबारे छलफल गरे। होटल व्यवस्थापनले आफूहरू आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
