+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

अर्घाखाँचीमा जिप २०० मिटर तल खस्दा दुःखद दुर्घटना, दुई जनाको ज्यान गयो”

जनवाच
१ हप्ता अगाडी

अर्घाखाँची-अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको एक जिप दुर्घटनाले फेरि पनि गाउँमा शोक छरिएको छ। लुटीपोखरी–खनदह भित्री सडक खण्डमा आइतबार बिहान लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा परी दिलिप खनाल र बालकृष्ण रिजालको ज्यान गएको हो। गम्भीर घाइते अवस्थामा सन्धिखर्क अस्पताल पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा अन्य दुई जना यात्रु गम्भीर घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको स्थान मालारानी–३ ढुङ्गाडे नजिकको लुटीपोखरी–खनदह सडकखण्ड हो, जहाँ सडकको अवस्था र भौगोलिक बनावटले सवारी सञ्चालन सधैं चुनौतीपूर्ण बनाउने गरेको छ। स्थानीयले लामो समयदेखि यस सडकमा सुरक्षाका उपायहरू अपनाउन माग गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार चालकले गाडीको नियन्त्रण गुमाएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ