+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

गुजरातको शानदार जित: आरसीबीलाई ८ विकेटले पराजित गर्दै दोस्रो विजय

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, २१ चैत – इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ८ विकेटले पराजित गर्दै आफ्नो दोस्रो जित दर्ता गरेको छ।

बैंगलोरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रनको लक्ष्य प्रस्तुत गरेपछि गुजरातले सहजै १७.५ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

गुजरातका लागि जोस बटलरले ३९ बलमा ७३ रनको आतिशी इनिङ खेले। उनले ५ चौका र ६ छक्का प्रहार गर्दै बैंगलोरका बलरहरूलाई तहसनहस पारे।

साइ सुदर्शनले ४९ रन, जबकि शेर्फान रुथरफोर्डले ३० रन जोडे। बटलर र सुदर्शनले दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गरे भने, बटलर र रुथरफोर्डले ६३ रनको अपराजित साझेदारी गर्दै टोलीलाई विजयी बनाए।

यस जितसँगै गुजरातले ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको चौथो स्थान ओगटेको छ। पहिलो हार बेहोरेको आरसीबी समान अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ