+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

भेरी–बबई डाइभर्सन आयोजनामा तीव्र प्रगति, ८३% काम सम्पन्न

जनवाच
२ हप्ता अगाडी

काँक्रेविहार, २१ चैत – नेपालकै बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन परियोजना तीव्र गतिमा अघि बढिरहेको छ। करिब एक दशकअघि आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको यो परियोजना हालसम्म ८३.७ प्रतिशत पूरा भइसकेको छ।

भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसाल्ने यो योजनाले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्‍याउनेछ। साथै, ८६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको यस आयोजनाको अनुमानित लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ छ, जसमध्ये हालसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ।

बाँध निर्माण कार्य: भेरीगंगा नगरपालिका–११ चिप्लेमा बनिरहेको बाँधमा ६ वटा ‘वे’ निर्माणको योजना थियो, जसमध्ये २ वटाको ढलान, ग्राभल ट्रिप, फारवे, र लिफ्ट वालको निर्माण सम्पन्न भइसकेको छ।

सुरुङ खन्ने कार्य: स्लोभ स्टभविलाइजेसनको कार्य पूरा भइसकेको छ भने अब ग्रान्टी क्रेन जडान गरेर सुरुङ खन्ने प्रक्रिया सुरु गरिएको छ।

जलविद्युत् उत्पादन तयारी: विद्युत् उत्पादनका लागि आवश्यक संरचनाहरू निर्माणको चरणमा छन्।

सूचना अधिकारी पवन अधिकारीका अनुसार, अब बाँकी रहेका कामलाई तीव्र रूपमा सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको छ। यस परियोजना पूरा भएपछि बाँके र बर्दियाका किसानहरू वर्षभरि सिँचाइ सुविधाबाट लाभान्वित हुनेछन्, जसले कृषि उत्पादनमा व्यापक वृद्धि ल्याउने  छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ