+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नेपाल प्रहरीका सई ३० हजार घुससहित पक्राउ

जनवाच
१ महिना अगाडी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।

बुटवलस्थित अख्तियार कार्यालयको टोलीले गुप्त सूचना पाएपछि खड्काको गतिविधि मानी अनुसन्धान सुरु गरेको थियो। खड्काले दुर्गौलिया नाका हुँदै भन्सार छलीको सामान नेपाल भित्र्याउनेको लागि सहजीकरण गर्ने बहानामा घुस मागेका थिए।

अख्तियारको टोलीले ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई मायादेवी गाउँपालिका-६ बाट पक्राउ गरेको र उनीविरुद्ध अनुसन्धान शुरु गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।

अहिले खड्कालाई न्यायिक हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ