काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोको नयाँ मोडेल ‘ओप्पो ए फाइभ प्रो’ नेपाली बजारमा भित्रिएको छ ।
कम्पनीले ‘ए’ सिरिजको नयाँ लाइनअप सार्वजनिक गरेको हो ।
याे फाेन टिकाउ र उच्च प्रदर्शन चाहने प्रयोगकर्ताका लागि लक्षित गरी यो फोन ल्याइएको कम्पनीले जनाएको छ । पानी तथा धूलोमा सुरक्षित राख्न यो फोनले आईपी६९ रेटिङ पाएको छ ।
कमजोर सिग्नलको क्षेत्रमा पनि कनेक्टिभिटीलाई सुनिश्चित गर्न फोनमा ‘Al LinkBoost’ र ‘BeaconLink’ जस्ता प्रविधि राखिएको कम्पनीले जनाएको छ ।
क्वालकम स्न्यापड्रागन सिक्स एस जेन थ्री मोबाइल प्लेटफर्मबाट सञ्चालित फोन ८ जीबी र्याम तथा २५६ जीबी स्टरेजमा उपलब्ध छ ।
यसमा ५,८०० एमएएचको ठुलो ब्याट्री छ । जसका लागि कम्पनीले ४५ वाटको सुपरभोक प्ल्याश चार्जर दिनेछ । १,००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले भएका कारण सूर्यको प्रकाशमा पनि सजिलै फोन चलाउन सकिने कम्पनीको दाबि छ ।
मोचा ब्राउन र ओलिभ ग्रीन गरी दुई रंगमा उपलब्ध फोनको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
शनिबारदेखि २४ मार्चसम्म यो फोनको प्रि-बुकिङ खुलेकाे छ भने बजारमा २५ मार्चदेखि उपलब्ध गराउने छ । प्रि-बुक गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँ क्याशब्याक पाउनेछन् ।