काठमाडौँ, फागुन २६ – सर्वसाधारणका लागि खुला गरिएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड को प्राथमिक शेयर (आईपीओ) भर्न आज अन्तिम मौका रहेको छ। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिनुपर्ने भएकाले अवसर गुम्न नदिन आग्रह गरिएको छ।
कम्पनीले फागुन २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ को दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। यसमध्ये न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस आईपीओमा आवेदन दिन सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर पोर्टल प्रयोग गर्न सकिन्छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गरिँदैछ। जसमध्ये:
२ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन बिक्री भइसकेको छ।
६७ हजार ५०० कित्ता कर्मचारीका लागि आरक्षित गरिएको छ।
१ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ।
यस आईपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपाल ले ‘इक्राएनपी इस्युअर डबल बी रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।
लेखकको बारेमा

प्रतिक्रिया