+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरू : रोजगारलाई राजनीतिक बहसको केन्द्रबिन्दु बनाउने लक्ष्य

जनवाच
१ महिना अगाडी

काठमाडौं — नेपाली कांग्रेसले देशभर रोजगारी सिर्जनासम्बन्धी बहसलाई तीव्र पार्ने उद्देश्यसहित ‘मिसन रोजगारी’ अभियान सुरू गर्ने भएको छ। पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरू हुन लागेको यो अभियानले राजनीतिक बहसलाई रोजगारमूखी बनाउने लक्ष्य लिएको छ।

एक वर्षसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत रोजगारी सिर्जना गर्न सकिने क्षेत्र, नीतिगत सुधार तथा अवसरहरूको खोजी गरिनेछ। बेरोजगारी समस्याको समाधानका लागि सरकारलाई दबाब दिने र ठोस नीति निर्माणका लागि बहस गर्ने अभियानकर्ताहरूको भनाइ छ।

आज दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा अभियानको औपचारिक उद्घाटन गरिँदैछ। ‘अब रोजगारका कुरा गरौं’ नाराका साथ गोलमेच छलफल आयोजना गरी अभियानको सुरूवात गरिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ