+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

रोजगारी बढाउने हो भने साना उद्योगमा लगानी बढाऊ’ — वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आग्रह

उनले सरकारको "रोजगारी दशक" घोषणालाई स्वागत गर्दै सो अभियानलाई "औद्योगिकरणको दशक" बनाउनेतर्फ अघि बढ्न पनि आग्रह गरे। "देशबाट युवाहरु पलायन भइरहेको अवस्थामा देशमै रोजगारी सिर्जना नगरी स्थायित्व सम्भव छैन," श्रेष्ठले जोड दिए।

जनवाच
१३ घण्टा अगाडी

काठमाडौं, वैशाख २० — नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले देशको समग्र आर्थिक गतिशीलताका लागि **साना तथा मझौला उद्योग (एएमइज)**लाई प्राथमिकता दिँदै आगामी बजेटमार्फत उत्पादन, रोजगारी र औद्योगिक स्थायित्वमा जोड दिनु पर्ने स्पष्ट सन्देश दिएका छन्।

काठमाडौंमा नेपाल व्यवस्थापक संघले आयोजना गरेको पूर्व–बजेट छलफल कार्यक्रममा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा श्रेष्ठले सरकारलाई स्पष्ट सुझाव दिँदै भने, “एएमइजले अर्थतन्त्रमा ठूलो योगदान गरे पनि तिनले सरकारी प्रोत्साहन नपाउँदा उत्पादन र रोजगारी दुवै प्रभावित भएका छन्।”

श्रेष्ठका अनुसार साना तथा मझौला उद्योगलाई सहज ऋण पहुँच, ऋण नविकरण (rescheduling) र समयमै वित्तीय राहत दिन सके मात्र ती क्षेत्रको दिगो विकास सम्भव छ। “नयाँ बजेटले यी विषय सम्बोधन गर्नेछ भन्ने हाम्रो आशा छ,” उनले जोड दिए।

त्यसैगरी, वर्तमान बलियो सरकारबाट निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा राखेको पनि उनले स्मरण गराए।

भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन नभएको उल्लेख गर्दै श्रेष्ठले तिनलाई आन्तरिक कनेक्टिभिटीसहित प्रयोगमा ल्याउनेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए। उनले पूर्वाधार विकासलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा हेर्न आग्रह गरे।

श्रेष्ठले देशमा ४० प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्र रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारबाट प्रभावकारी कदम आवश्यक रहेको धारणा राखे। “अनौपचारिकताले पारदर्शिता र कर प्रणाली दुवैमा असर पारिरहेको छ,” उनले चेतावनी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ