काठमाडौं, वैशाख २० — आगामी वैशाख २२ गतेदेखि ३१ गतेसम्म प्रत्येक रात ११ बजेबाट बिहान ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द गरिने भएको छ। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। त्रिभुवन राजपथअन्तर्गतको नागढुङ्गा–पिप्लामोड सडक सुधार तथा स्तरोन्नतिका लागि रातको समयमा सवारी आवागमन आंशिक रूपमा रोक्ने निर्णय **नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)**ले गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार सवारी अवरोधको व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको छ। उनले सार्वजनिक सूचनामार्फत सवारी चालकहरूलाई निर्धारित समयको पालना गर्न, लेन अनुशासन नतोड्न र जथाभावी ओभरटेक नगर्न चेतावनी दिएका छन्। काठमाडौंबाट बाहिरिने सवारीसाधन: नागढुङ्गा चेकपोस्टमा रोकिने नौबिसेबाट काठमाडौं भित्रिने सवारीसाधन: खत्रपौवा पुलमा रोकिने सवारी रोकिएका सबै यात्रु तथा चालकहरूलाई बिहान ३ बजेपछि मात्र अगाडि बढ्न दिइनेछ। यात्रुहरूले निम्न वैकल्पिक मार्गहरू प्रयोग गर्न सक्नेछन्: सीतापाइला–भीमुढुङ्गा–रामकोट–धार्के मार्ग सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी मार्ग सूचनामा एम्बुलेन्स तथा सुरक्षा निकायका सवारीसाधनहरूलाई रोकावटबिना आवागमन गर्न दिइने जानकारी समेत दिइएको छ।