+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

नेपाललाई ग्लोबल आईटी हब बनाउन क्यान महासंघको नयाँ रणनीतिक योजना

क्यान महासंघको रणनीतिक योजनाले नेपालको सूचना प्रविधि क्षेत्रलाई एक नयाँ दिशा दिने विश्वास गरिएको छ, जसले ग्लोबल स्तरमा नेपालको उपस्थिति बलियो बनाउनेछ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १७ । नेपाललाई डिजिटल प्रगति र सूचना प्रविधिको क्षेत्रमा एक प्रमुख ग्लोबल हबको रूपमा स्थापित गर्न क्यान महासंघले नयाँ रणनीतिक योजना ल्याएको छ। फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा सम्पन्न बैठकले आगामी दुई वर्षको रोडम्याप तय गर्दै सूचना प्रविधि क्षेत्रमा सुधार र विकासका लागि विशेष पहलहरू अघि बढाउने निर्णय गरेको हो।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले बैठकमा प्रस्तुत गर्दै नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउनका लागि सरकारसँग सहकार्य गर्दै डिजिटल नेपाल निर्माणको प्रयास गर्ने योजना साझा गरिन्। उनले नेपाललाई ग्लोबल आईटी हब बनाउने उद्देश्यका साथ डेटा प्रोटेक्सन ऐन, इन्डस्ट्री ४.०, साइबर सुरक्षा नीति लगायतका महत्वपूर्ण पहलहरू अघि बढाइने जानकारी दिइन्।

साथै, क्यान महासंघले महिला सशक्तिकरण र आईटी उद्योगको विकासका लागि थप कदम चाल्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष पाण्डेले क्यान महासंघले डिजिटल साक्षरता र नवप्रवर्तनका क्षेत्रमा विशेष ध्यान दिने कुरा पनि उल्लेख गरिन्।

बैठकमा महासंघका विभिन्न पदाधिकारीहरूले आईटी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन र स्टार्टअपलाई प्रवर्द्धन गर्नको लागि आवश्यक कदमहरूका बारेमा सुझाव दिए। क्यान महासंघका उपाध्यक्षहरू चिरञ्जीवी अधिकारी र सुवास खड्काले आईटी क्षेत्रको सुधार र शिक्षा–उद्योग सहकार्यका पहलहरूमा जोड दिएका थिए।

क्यान महासंघले नेपालमा आईटीको क्षेत्रमा भबिष्यमा अघि बढ्नका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्दै रणनीति लागू गर्ने जनाएको छ। बैठकमा सबै पदाधिकारी र सदस्यहरूले आईटी क्षेत्रमा सुधार र विकासका लागि साझा दृष्टिकोण राखे।

यसै बीच, क्यान महासंघका वरिष्ठ पदाधिकारीहरूले रिफर्बिस्ड आईटी सामग्रीको सट्टा गुणस्तरीय उत्पादन र प्रविधिमा सुधार ल्याउने कार्यमा सरकारसँग पहल गर्ने आवश्यकताको बारेमा कुरा गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ