+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ तिहारमा प्रदर्शन, टिजर सार्वजनिक

निर्माण टोलीका अनुसार ‘वरिष्ठ बलराम’ मनोरञ्जन प्रधान फिल्म भए पनि समाजलाई सन्देश दिने खालको हुनेछ।

जनवाच
२ महिना अगाडी

काठमाडौं, फागुन १५ – बहुप्रतीक्षित नेपाली फिल्म ‘वरिष्ठ बलराम’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। शिवरात्रीको अवसर पारेर निर्माण टोलीले फिल्मको टाइटल टिजर सार्वजनिक गर्दै कात्तिक ३ गते (तिहारको लक्ष्मी पूजाको दिन) फिल्म रिलिज हुने घोषणा गरेको हो।

सामाजिक कथावस्तुमा आधारित यो फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङ लगायतका कलाकारको दमदार अभिनय रहनेछ। नेपाली फिल्म उद्योगका ख्यातिप्राप्त सम्पादक सुरेन्द्र पौडेल द्वारा निर्देशित यो चौथो फिल्म हो। फिल्मको कथा र सम्पादन पौडेल आफैंले गरेका छन् भने पटकथा लेखक महेश दवाडी हुन्।

वृषभ सिद्धी इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता आशिस एच तामाङ र श्रीराज कार्की हुन्। फिल्मको छायांकन एक साताभित्र सुरू हुने बताइएको छ, जसका लागि तराईका विभिन्न स्थान रोजिएका छन्। सिनेमाटोग्राफी मनकृष्ण महर्जन ले सम्हाल्नेछन् भने एक्सन निर्देशन सम्राट शाक्य, कोरियोग्राफी प्रदीप लामा र संगीत प्रशान्त शिवाकोटी को रहनेछ।

निर्माण टोलीका अनुसार ‘वरिष्ठ बलराम’ मनोरञ्जन प्रधान फिल्म भए पनि समाजलाई सन्देश दिने खालको हुनेछ। अब आउने दिनहरूमा फिल्मका थप झलकहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ