पोखरा, फागुन १२ – सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको शंकास्पद मृत्यु प्रकरण थप जटिल बन्दै गएको छ। ब्यारेकमै झुन्डिएको अवस्थामा मृत फेला परेकी इन्सपेक्टर महत प्रकरणमा सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन्।
कास्की प्रहरीका अनुसार महतको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका जोशी २३ नं. गण, तनहुँमा कार्यरत छन्।
परिवारको दाबीअनुसार जोशी र महत प्रेम सम्बन्धमा थिए, र व्यक्तिगत तनावकै कारण सन्तोषीले आत्महत्या गर्नुपरेको उनीहरू बताउँछन्। हाल यस घटनाको गम्भीर छानबिन भइरहेको प्रहरीले जनाएको छ।
घटनाको निष्पक्ष छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले घटनाका विविध पक्ष अध्ययन गर्नेछ।
सिन्धुपाल्चोककी इन्सपेक्टर महत २०७२ मा सशस्त्र प्रहरी बलमा सिपाहीका रूपमा भर्ती भएकी थिइन्। २०७८ मा असई पदमा उक्लिएकी उनले २०८१ सालमा इन्सपेक्टरको तालिम सुरु गरेकी थिइन्। तर, पोखरास्थित लामापाटन ब्यारेकमा मृत फेला पर्दै उनको करियर असमयमै टुंगिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया