+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

अमेरिकामा ‘ट्राभल एण्ड एड्भेन्चर शो’ : नेपाल पर्यटन प्रवर्द्धनमा उत्साहजनक सहभागिता

नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यस्ता एक्सपो तथा शोहरू महत्वपूर्ण मानिन्छन्

जनवाच
१ महिना अगाडी

काठमाण्डौ – नेपाल पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न नेपाल पर्यटन बोर्ड र युनिकम एलएलसीको संयुक्त आयोजनामा लस एन्जलस कन्भेन्सन सेन्टरमा ‘ट्राभल एण्ड एड्भेन्चर शो’ सम्पन्न भएको छ।

नेपालका प्रतिष्ठित चार ट्राभल एण्ड एड्भेन्चर कम्पनीहरूले नेपालमा उपलब्ध साहसिक पर्यटनका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। शोमा नेपाल ट्रेक एड्भेन्चरका प्रवन्ध निर्देशक बिनोद सापकोटा, फ्रेण्ड्स एड्भेन्चर टीमका राजेन्द्र बहादुर लामा, नेपाल स्यान्क्चुरी ट्रेकका तुलसी ज्ञवाली, ओझा होलिडेज टुर्स एण्ड ट्रेकका रमेशराज ओझाले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटन अनुभवलाई प्रवर्द्धन गरेका छन्।

नेपाल–अमेरिका पर्यटन सम्बन्धमा महत्वपूर्ण प्रभाव
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार, अमेरिकाबाट नेपाल आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। हाल नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये करिब १० प्रतिशत अमेरिकी नागरिक रहेको बताइएको छ। भारतपछि नेपाल भ्रमण गर्ने दोस्रो ठूलो समूह अमेरिकाबाट भएकाले यस्ता अन्तर्राष्ट्रिय मेलाहरू नेपाल पर्यटनका लागि महत्त्वपूर्ण छन्।

ट्राभल एण्ड एड्भेन्चर शोमा नेपालसहित १५ देशका ट्राभल तथा साहसिक पर्यटन कम्पनीहरूको सहभागिता रहेको छ। जापान, ताइवान, इन्डोनेसिया, दक्षिण अमेरिका लगायतका मुलुकहरूका कम्पनीहरूले आफ्ना पर्यटन प्याकेजहरू प्रदर्शनीमा राखेका छन्। नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, वरिष्ठ प्रवन्ध निर्देशक नवीन पोखरेल तथा अमेरिका–युरोप मार्केटिङ प्रमुख कुन्दन मिश्रले नेपाल प्रवर्द्धनको नेतृत्व गरेका छन्।

विशेष आकर्षण : भाग्यशाली जोडीलाई ‘एभरेस्ट बेस क्याम्प ट्रिप’
शोको मुख्य आकर्षणका रूपमा सहभागीमध्ये एक भाग्यशाली जोडीले ‘एभरेस्ट बेस क्याम्प ट्रिप’ जित्ने अवसर प्राप्त गर्ने योजना रहेको छ। कार्यक्रम फेब्रुअरी २२ र २३ तारिखसम्म सञ्चालन हुनेछ। नेपाल पर्यटन बोर्डले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ