+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलको मूल्य

डिजेल, मट्टीतेलको भाउ लिटरमै ४ रुपैयाँले घट्यो तर पेट्रोलको बढ्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल मट्टीतेलको घटाएको छ । आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टीतेलमा समान प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

भारतिय आयाल कर्पोरेसनले शनिबार पठाएको पछिल्लो नयाँ मूल्य शुचि अनुसार पेट्रोलमा मूल्य बढेर आएकोले र डिजेल मट्टीतेलमा घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६८ रुपैया पुगेको छ भने डिजेल र मट्टीतेल समान १५६ रुपैयाँमा झरेको छ ।
यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ