काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर एक लाख ७० हजार २ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढ्दै एक हजार ९७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।