काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता डा.भीम रावलले केपी शर्मा ओलीको निरकुंश, स्वेच्छाचारीता र तानाशाही प्रवृत्तिका कारण पार्टीमा राम्रा, असल र देशप्रेमी नेता कार्यकर्ता टिक्ने अवस्था नबनेको आरोप लगाएका छन् । पार्टीले आफुलाई निष्काशन गरेलगत्तै बिहीबार सामाजिक सञ्जालबाट रोस्ट पोखेका नेता रावलले आफूलाई निष्कासन गर्ने पार्टी अध्यक्ष ओलीको निर्णयको विरोध गर्न समेत पार्टीका कार्यकर्ता नेताहरुलाई आग्रह गरेका छन् ।
रावलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु।’
बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट हटाउनुका साथै बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
प्रतिक्रिया