+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी

रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न चार दिन म्याद थप

जनवाच
४ महिना अगाडी

काठमाडौं। सहकारी ठगी मुद्दामा गत कात्तिक ३ गतेदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सहकारी ठगी मुद्दामा थप अनुसन्धान बाँकी नै रहेकाले हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई आइतबार थप समय दिएको हो ।

तथापि, जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरे ३ गते जिल्ला अदालत कास्कीमा पेश गरेको थियो ।

त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ