+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा, वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

जनवाच
१३ घण्टा अगाडी

काठमाडौं २३ जेठ –विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंकले मुलुकभर एक साथ बृहत् वृक्षारोपण अभियान चलाउँदै वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशभर १८ हजार विरुवा रोप्ने लक्ष्य सहितको हरियाली अभियान सञ्चालन गरेको हो।

सुदूरपश्चिम प्रदेशको कैलाली, लम्कीचुहा नगरपालिकास्थित बालचौरमा बैंकले मुख्यमन्त्री कमलबहादुर शाह र बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा १,००० कागतीका विरुवा रोपेर अभियानको सुरुवात गर्‍यो। यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बासिन्दा र बैंककर्मीहरूको उल्लेखनीय सहभागिता थियो।

यसैगरी, काठमाडौंको नारायणहिटी आर्मी ब्यारेक परिसरमा ३०० वटा विरुवा रोपिएको छ, जसमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थिति रह्यो।

ग्लोबल आइएमई बैंकको अभियान केवल एकदुई स्थानमा सीमित छैन। देशका सातवटै प्रदेशमा बृक्षारोपणका क्रियाकलापहरू सञ्चालन भएका छन्।

  • कोशी प्रदेश : झापा, दिक्तेल लगायतका स्थानमा ३,७०० विरुवा

  • मधेश प्रदेश : राजविराज, मिथिला लगायतका क्षेत्रमा ५,०५० विरुवा

  • बागमती प्रदेश : नारायणहिटी, टोखा, रसुवामा २,३०० विरुवा

  • गण्डकी प्रदेश : बागलुङ, कास्कीमा २,१०० विरुवा

  • लुम्बिनी प्रदेश : बिजुवार, लिवाङ्गमा १,५०० विरुवा

  • कर्णाली प्रदेश : विरेन्द्रनगर, रास्कोटमा ७०० विरुवा

  • सुदूरपश्चिम प्रदेश : अत्तरिया, धनगढी लगायतका स्थानमा २,०८६ विरुवा

बैंकले सामुदायिक बन, विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानहरूमा वृक्षारोपण गर्दै सहरी सौन्दर्यकरण, वातावरणीय संरक्षण तथा आयआर्जनमा समेत योगदान पुर्‍याउने योजना अघि सारेको छ। कागती जस्ता उपयोगी विरुवा चयनले स्थानीय स्तरमा आम्दानीको सम्भावना पनि बढाउने विश्वास बैंकले व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी एक्सलेन्स अवार्ड २०२४ प्राप्त गर्ने पहिलो नेपाली निजी बैंक हो। देशभर ७७ वटै जिल्लामा १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको बैंकले, बैंकिङ सेवा बाहेक सामाजिक दायित्वमा पनि आफ्नो उपस्थिति बलियो बनाइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ