+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालेन–एमाले टकराव

बालेनको जरिवाना एमालेले तिर्न मानेन, हुलाकबाट पुनः पत्र पठाउने महानगरको तयारी

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेकपा एमालेले सडक प्रदर्शनका क्रममा शुक्रबार दरबारमार्गमा गरेको फोहोरवापत काठमाडौं महानगरपालिकाले गरेको जरिवानको पत्र सो पार्टीले बुझ्न अस्वीकार गरेको छ ।

एमालेलाई तोकेको एक लाख जरिवानाको पत्र बोकेर महानगरका कर्मचारी सो पार्टीको कार्यालयमा पुगे पनि कार्यालयका कर्मचारीले बुझ्न अस्वीकार गरेका हुन् । एमालेले जागरण सभामा नाममा सडक प्रदर्शन गरेको थियो । त्यस क्रममा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जरिवाना गर्ने निर्णय गरेका थिए ।

पत्र औपचारिकरुपमा बुझ्न नमानेको एमालेले पत्र आए पनि जरिवाना नतिर्ने अडान लिएको छ । मेयर बालेन शाहको सचिवालयले दिएको जानकारी अनुसार एमालेले जरिवानाको पत्र नबुझेकाले हुलाकमार्फत सो पत्र पठाउने तयारी गरिएको छ ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम पत्र बुझाउन लागिएको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ