काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई थप अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई थप १५ दिनको अनुमति दिएको हो ।
न्यायाधीश हिमलाल बेल्बासेले रवि विरुद्धको अनुसन्धान जारी रहेकाले प्रहरीलाई थप समय प्रदान गरेका हुन्।
सहकारी ठगी मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट रवि पक्राउ परेका थिए । कात्तिक ३ गते जिल्ला अदालत कास्कीमा पेश गरिएका लामिछानेलाई पटकपटक गरी ३६ दिन हिरासतमा राखिसकिएको छ । पछिल्लो पटक कार्तिक २५ गते रविलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।