+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दरबारमार्ग फोहोर गर्ने एमालेलाई बालेनको एक लाख जरिवाना

जनवाच
४ महिना अगाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपियाँ जरिवाना लगाएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुला सडकमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोको भन्दै महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ अनुसार एक लाख रुपियाँ जरिवाना लगाएको हो ।

नेकपा एमालेले शुक्रबार राजधानीको दमार्गलाई केन्द्रित गर्दै जागरण सभा गरेको थियो । देशभरबाट आएका एमाले नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुले बोकेको प्लेकार्ड, ब्यानर तथा पानीका खाली बोटल सभा सकिएपछि जथाभावी सडक, पेटीमा नै छाडेर गएपछि महानगरपालिकाले आयोजक नेकपा एमालेको नाममा जरिवाना काटेकोक हो ।

‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,००० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’ महानगरपालिकाले काटेको जरिवाना पत्रमा भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ