+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युत् निर्यात

भारतद्धारा विद्युत बिक्री परियोजना स्वीकृत, भोलिबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने

जनवाच
५ महिना अगाडी

काठमाडौं । अन्ततः भारत हुँदै बंगलादेश निर्यात हुने विद्युत निर्यातको परियोजना स्वीकृत भएको छ । लामो समयदेखि भारतले रोक्दैआएको नेपालबाट बंगलादेश बिक्री गर्ने परियोजना स्वीकृत दिएको थिएन । तर अन्तिम समयमा आएर भारतले उक्त परियोजना स्वीकृत दिएको हो ।

योसँगै भोलि शुक्रबारदेखि नै नेपालको ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाको विद्युत् बंगलादेश निर्यात गर्ने गरी स्वीकृतीका भारतमा निवेदन दिएको थियो । भारतको केन्द्रीय विद्युत् नियम आयोगले बिहीबार मात्रै त्यसलाई स्वीकृत गरेको छ । योसँगै शुक्रबार बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने प्राधिकरणको भनाइ छ ।

नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बंगलादेशमा विद्युत् पठाउनुपर्ने बाध्यता छ । त्यसमै टेकेर भारतले नेपाली बिजुली बंगलादेशमा निर्यात गर्नु पूर्व परियोजना नै तोकेर स्वीकृती लिनुपर्ने शर्त राखेको थियो । सोहीअनुसार नेपालले दुई परियोजना प्रस्ताव गरेको थियो । त्यसमा भारतले स्वीकृत दिन ढिलाई गरेको थियो । तर, अन्तिम समयमा आएर भारतले स्वीकृत दिएपछि यो बर्षदेखि नै बंगलादेशमा विद्युत् निर्यात हुने भएको छ । भारतले आज स्वीकृत नपठाएको भए यो बर्ष बंगलादेशमा विद्युत् निर्यात हुने सम्भावना थिएन ।

सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बंगलादेशमा विद्युत् निर्यात गरिनेछ । नोभेम्बर १५ तारिख भोलि हो । त्योअनुसार आज सहमती नआएको भए यो बर्ष बंगलादेशमा विद्युत् निर्यात हुने थिएन । प्राधिकरणकाअनुसार भोलि मात्रै बंगलादेशमा विद्युत् निर्यात हुनेछ । त्यसपछि अर्को बर्ष अर्थात् जुन १५ तारिखदेखि मात्रै बंगलादेशमा विद्युत् निर्यात हुनेछ ।

गत असोज १७ गते बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत सल्लाहकार ९मन्त्री० सैयदा रिजवाना हसनको उपस्थितिमा नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

बंगलादेशसँगको सम्झौताले मात्रै बंगलादेशमा विद्युत् निर्यात गर्न सकिने अवस्था थिएन । भारतीय प्रसारणलाइन प्रयोग हुने भएकाले यसमा भारतीय शर्त पनि लागू हुनेछ । त्यो शर्तअनुसार बंगलादेशमा विद्युत् निर्यात गर्न भारत सरकार ९केन्द्रीय विद्युत् नियमन आयोग० बाट परियोजना नै तोकेर स्वीकृत लिनुपर्छ । भारतमा पनि विद्युत् बिक्री गर्दा यो शर्त लागू भइरहेको छ, जुन शर्त बंगलादेशमा निर्यात गरिने विद्युतको हकमा पनि भारतले लागू गरिदिएको छ । अहिले भारतले स्वीकृत दिएपछि भोली बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी गरिएको छ ।

हाल नेपालले सिमा जोडिएको दक्षिण छिमेकी मुलुक भारतमा मात्रै विद्युत् निर्यात गर्दै आएको छ । सीमा नै नजोडिएको तेस्रो मुलुक अर्थात् बंगलादेशमा पहिलो पटक विद्युत् निर्यात हुँदैछ । यो दक्षिण एसियाकै पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हो ।

प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा रहेको मिटरको आधारमा पाउने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर भारत–भेरमारा बंगलादेश ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेशमा नेपाली विद्युत् पुग्नेछ । यसबापत भारतले पनि निश्चित शुल्क पाउने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ