+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ऊर्जा संकट समाधानका लागि प्राधिकरणको चार सूत्रीय एजेन्डा, कार्यकारी निर्देशक शाक्यको कार्यदिशा

ऊर्जा क्षेत्रमा सुधार ल्याउन अब अलमल र प्रतीक्षाको समय छैन। कार्यकारी निर्देशक शाक्यको चार एजेन्डाले नेपालको ऊर्जा भविष्यको दिशानिर्देश दिन सक्छ, यदि ती योजनालाई नीति, बजेट र कार्यान्वयनको स्थायित्वले साथ दिन सको भने मात्र।

जनवाच
५ घण्टा अगाडी

८ असार, काठमाडौं – नेपाल विद्युत प्राधिकरणले देशको ऊर्जा समस्या समाधान र सरकारको दीर्घकालीन लक्ष्य पूर्तिका लागि चार प्रमुख एजेन्डा तय गर्दै अगाडि बढ्ने घोषणा गरेको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् गुणस्तरीयता, ऊर्जा सुरक्षा, वित्त व्यवस्थापन र प्रसारण लाइन विस्तारलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेका हुन्।

 विद्युत् गुणस्तरीयता सुधार : समस्या चिन्नु र समाधान खोज्नु

शाक्यले पछिल्लो समय काठमाडौंका सानेपा, बबरमहलजस्ता क्षेत्रमा ट्रिपिङ बढे पनि ती समस्या चिन्न सकिएको र समाधानको चरणमा पुगिएको जानकारी दिए। विद्युत् गुणस्तरीयता सुधार गर्न फिडरमा लक्षित लगानी गर्ने योजना अगाडि सारिएको छ।

ऊर्जा सुरक्षा : सन्तुलनको दर्शन

ऊर्जा सुरक्षा भनेको आयात बन्द गर्नु वा मात्र निर्यात बढाउनु होइन, सन्तुलित योजना ल्याउनु नै ऊर्जा सुरक्षाको मूल मन्त्र हो, भन्नेमा शाक्यको जोड छ। ब्याट्री आयोजना एकदेखि डेढ वर्षमा, पम्प स्टोरेज आयोजना दुई–तीन वर्षमा, र जलाशययुक्त आयोजना पाँचदेखि १० वर्षमा तयार गर्न सकिने भएकाले यिनको समायोजनसहितको कार्ययोजना आवश्यक रहेको उनले बताए।

 वित्त व्यवस्थापन : कागजी नाफा र नगद यथार्थबीचको अन्तर

शाक्यका अनुसार प्राधिकरणको कागजमा देखिने साढे ४६ अर्ब नाफा वास्तवमा नगदमा छैन। कर कटौती र ह्रास प्रणालीका कारण वास्तविक हिसाब फरक देखिएको हो। ह्रासकट्टी सामान्य दरमा भएको भए प्राधिकरण करिब ५ अर्ब घाटामा देखिन सक्ने उनको भनाइ छ। यसले वास्तविक नगद प्रवाहलाई बुझेर आर्थिक रणनीति तय गर्नुपर्ने आवश्यकता देखाएको छ।

 प्रसारण लाइन विस्तार : बिना पूर्वाधार उत्पादन निष्फल

शाक्यले भने, उत्पादन मात्र होइन, विद्युत् प्रयोग गर्न प्रसारण लाइनको पूर्वाधार पनि अनिवार्य हो। उनको अनुसार एक हजार मेगावाट विद्युत उत्पादन गर्दा २ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्छ। यो मात्र होइन, वर्षमा उत्पादन हुने ७–८ सय मेगावाट विद्युतको २० प्रतिशत बराबर प्रसारणमा लगानी नहुदा उपलब्ध विद्युत उपयोग नै हुन सक्दैन।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ