+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नागरिक लगानी कोषले गर्यो हिमालयन बैंकको एफपिओमा:९२ लाखभन्दा बढी सेयरमा कोषको प्रत्याभूति सम्झौता

जनवाच
८ घण्टा अगाडी

काठमाडौं, असार ८- हिमालयन बैंक लिमिटेडले सार्वजनिक निष्कासन (एफपिओ) अघि बढाउने तयारीसगै अब सो योजनामा नागरिक लगानी कोषको औपचारिक साथ रहने भएको छ। बैंकको एफपिओ सेयरमा प्रत्याभूतिको जिम्मेवारी कोषले लिने सहमति जनाउदै दुबै संस्थाबीच आइतबार सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा ले हस्ताक्षर गरेका हुन्।

यस सहमतिपछि कोषले हिमालयन बैंकद्वारा जारी गरिने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको पूर्ण प्रत्याभूति गर्नेछ। सम्झौताले एफपिओ सफल बनाउन कोषको भरोसा मात्र होइन, सार्वजनिक निष्कासनप्रति आमनागरिकको विश्वास जगाउने संकेत पनि दिन्छ।

सम्झौताअनुसार प्रत्याभूतिको अवधि सम्झौता भएको मितिबाट तीन महिनासम्म लागू हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ