+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

कर्जामा चासो घटेपछि बैंकको ध्यान: केन्द्रीय बैंकमा रकम थुपार्नेतर्फ, ४ खर्ब ३५ अर्ब भन्दा बढी जम्मा

नयाँ लगानी र उत्पादनशील क्षेत्रमा रकम प्रवाह गरिनुपर्ने बेला उल्टै राखेर सुरक्षाको बाटो रोज्नुले अर्थतन्त्रको गति मन्द हुने देखिएको छ। यस्तो अवस्थामा नीतिगत सक्रियता आवश्यक छ। 

जनवाच
६ घण्टा अगाडी

८ असार, काठमाडौं – वित्तीय प्रणालीमा तरलता ह्वात्तै बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा रकम थुपार्न थालेका छन्। चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा लगानीको गती सुस्त बनेसँगै आइतबारसम्म ४ खर्ब ३५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएको छ।

सिर्जनात्मक कर्जाको साटो बैंकहरूले आफ्नो रकम स्थिर रूपमा राख्न स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) र निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को प्रयोग व्यापक रूपमा गरिरहेका छन्।

राष्ट्र बैंकका अनुसार आइतबार बैंक तथा वित्तीय संस्थाहरूले मात्र २ खर्ब २३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन्।

  • १ खर्ब ६७ अर्ब स्थायी निक्षेप सुविधा मार्फत

  • ५६ अर्ब २० करोड निक्षेप संकलन उपकरण मार्फत

आर्थिक वर्षको अन्तिम चरणमा कर्जा प्रवाह अत्यन्तै न्यून भएको छ। त्यसमाथि रेमिट्यान्स आप्रवाह बढ्नु र निर्यातमा सुधार आउनुले बैंकको कोषमा तरलता थपिएको हो। तर बैंकहरूले यो रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुभन्दा राष्ट्र बैंकमै राखेर न्यून ब्याजदरमा सिमित प्रतिफल उठाइरहेका छन्।

राष्ट्र बैंकले आइतबार मात्रै ४२ दिन अवधिको ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरे पनि बैंकहरूले ५६ अर्ब २० करोड मात्रै त्यसमा निवेदन दिएका छन्।

यो रकमका लागि बैंकहरूले औसत ब्याजदर २.९९७३ प्रतिशत माग गरेका थिए, जुन ४ असारको २.९९६३ प्रतिशतको तुलनामा अलिकति मात्र बढी हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ