काठमाडौं, असार ८ – ग्राहकमुखी सेवा विस्तार गर्दै मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो ‘मञ्जुश्री स्मार्ट एप’ मार्फत अब निःशुल्क अन्तरबैंक रकम स्थानान्तरण सेवा सुरु गरेको छ। डिजिटल बैंकिङ अनुभवलाई सहज, छरितो र आर्थिक बनाउने उद्देश्यले यो नयाँ सुविधा ल्याइएको हो।
यो सेवा नेपाल क्लियरिङ्ग हाउसको Connect IPS प्रणाली मार्फत उपलब्ध हुनेछ, जसअनुसार ग्राहकले मञ्जुश्री स्मार्ट एपबाट नै लिंक गरिएको जुनसुकै बैंक वा वित्तीय संस्थामा रकम सजिलै र निःशुल्क पठाउन सक्नेछन्।
मञ्जुश्री फाइनान्सले डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राख्दै ग्राहकको समय, लागत र प्रक्रियामा सहजता ल्याउने उद्देश्यसहित सेवा प्रवर्द्धन गर्दै आएको छ। नयाँ सुविधा थपिएसगै अब ग्राहकले अन्य बैंकमा रकम ट्रान्सफर गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्ने छैन।
निक्षेपमा आकर्षक ब्याजदर र कर्जामा सुलभ दर प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखा र १ वटा बिस्तारित काउन्टरमार्फत सेवा दिदै आएको छ।
हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूको विश्वास जितिसकेको यो फाइनान्स संस्था फाइनान्सहरूको श्रेणीमा अग्रणी स्थानमा रहँदै आएको छ।