+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

आर्थिक कूटनीति संवाद र साझेदारीको विषय हो, सरकार र अनररी वाणिज्यदूतबीच समन्वय जरुरी : अध्यक्ष ढकाल

जनवाच
९ घण्टा अगाडी

८ असार, काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति सफल र रणनीतिक बनाउन सरकारले अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) सँग गहिरो सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा चन्द्रागिरीमा आयोजित नेपालको निर्यात व्यापार अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ढकाल एचसीसीएनका डिन समेत हुन्।

उनले भने, नेपालसग जोडिएका ६६ देशका अवैतनिक वाणिज्यदूतहरूलाई केवल औपचारिक दूतको रूपमा होइन, आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ। उनीहरूले सरकारको खर्चबिना नै समय, स्रोत र अन्तर्राष्ट्रिय सञ्जाल प्रयोग गरी नेपाललाई विश्व बजारमा प्रवद्र्धन गरिरहेको उदाहरण प्रस्तुत गर्दै राज्यले उनीहरूसगको विश्वासको सम्बन्धलाई अझ सुदृढ बनाउनु पर्ने उल्लेख गरे।

कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशत र रोजगारीको ८६ प्रतिशत हिस्सा ओगटिरहेको तथ्य प्रस्तुत गर्दै भने, हामीलाई आर्थिक सहयोग होइन, नीति निर्माणमा सम्मान र स्थान चाहिएको हो।

भारत, चीन र युएई भ्रमणका क्रममा आयोजित व्यापार सम्मेलनहरूले लगानीका ढोका खोल्न सहयोग पुगेको उल्लेख गर्दै, उनले आर्थिक कूटनीति विभागसगको सहकार्यले यस्ता पहलहरू अब व्यवस्थित रूपमा दोहोर्याउन सकिने आशा व्यक्त गरे।

आर्थिक कूटनीति व्यापारमै सीमित छैन,उनले भने, यो रोजगारी, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धन र ब्रान्डिङसम्म जोडिएको विषय हो।

उनका अनुसार, अनररी वाणिज्यदूतहरूले संकटको बेला पनि नेपालप्रति समर्थन देखाइसकेका छन्, जसको प्रयोग संधीय ढंगले नीति निर्माण र कार्यान्वयनमा गर्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ