+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नवराज बोहराको प्रधानमन्त्रीसगको भेट: अब जुत्ता लगाउँछु

जनवाच
८ घण्टा अगाडी

८ असार, काठमाडौं – खाली खुट्टा यात्रा गर्दै कर्णालीको आवाज लिएर राजधानी पुगेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका छन्। झन्डै एक महिनाको कठिन यात्रा पूरा गरी राजधानी आइपुगेका बोहराले आफ्ना अनुभव, देखिएका समस्या र समाधानका पहलबारे प्रधानमन्त्रीलाई अवगत गराएका हुन्।

बोहराले सुशासन, विकास, वातावरण संरक्षण, पशु अधिकार र स्वास्थ्य पहुँचजस्ता मुद्दा उठाउदै जेठ ४ गते सुर्खेतबाट पदयात्रा सुरु गरेका थिए। ३१ दिनपछि असार ३ गते काठमाडौं आइपुगेका उनले सोही दिन प्रधानमन्त्रीसँग भेट्ने प्रयास गरेका थिए। कार्यव्यस्तताका कारण त्यो सम्भव नभए पनि आज उनले आफ्ना कुरा प्रधानमन्त्रीको कानमा पुर्‍याउने अवसर पाए।

प्रधानमन्त्री ओलीले बोहराको साहस र समर्पणको प्रशंसा गर्दै अभियानमा भावनात्मक निष्ठा राख्न सुझाव दिएका छन्। साथै उनले अभियानसँगै स्वास्थ्य, परिवार र दीर्घकालीन सोच पनि महत्त्वपूर्ण रहेको भन्दै शरीरलाई अत्यधिक पीडा नदिइ अघि बढ्न आग्रह गरेका थिए।

भेटपछि प्रतिक्रिया दिंदै बोहराले भने, “अब पहिलो चरणको अभियान पूरा भएको छ, अब जुत्ता लगाउँछु, दाह्री काट्छु र नयाँ स्वरुपमा पुनः अघि बढ्नेछु। उनले प्रधानमन्त्रीसँग भेट्न पाएकोमा सन्तोष व्यक्त गर्दै अबका दिनहरू अझ सशक्त रणनीति र समन्वयका साथ बिताउने लक्ष्य रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ