काठमाडौँ। चाडपर्वको मौसमलाई लक्षित गर्दै ग्यारो डीटी–६० इलेक्ट्रिक स्कुटरमा १५,००० रुपैयाँ छुट अफर गरिएको छ। नेपालका लागि ग्यारो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक, क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले ल्याएको यो अफर अनुसार, हाल ३,८०,००० रुपैयाँमा उपलब्ध ग्यारो स्कुटर अब ३,६५,००० रुपैयाँमा किन्न सकिनेछ।
दशैं अफर अन्तर्गत थप सुविधाहरू समेत उपलब्ध हुनेछन्। यस अफरमा ग्राहकले सहज फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्, जस अनुसार कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ ग्यारो स्कुटर किन्न सकिनेछ। पुरानो सवारी साधनको आकर्षक मूल्यांकन पनि गरिनेछ।
यसका साथै, अफर अवधिमा ग्यारो स्कुटर किन्नेलाई आकर्षक हेल्मेट निःशुल्क प्रदान गरिनेछ।
फाइनान्स सुविधाअन्तर्गत ग्राहकले स्कुटरको मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ, र बाँकी रकम ६.९९ प्रतिशत ब्याजदरमा ३६ महिनासम्म मासिक किस्तामा तिर्न सकिनेछ।
ग्यारो स्कुटर नेपाली बजारमा उपलब्ध सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो, जसले एक पटकको चार्जमा ३५० किलोमिटरको रेन्ज दिने दावी कम्पनीले गरेको छ।
काठमाडौं उपत्यकामा महाराजगञ्ज र टेकुमा, तथा उपत्यका बाहिर पोखरा, धरान, बागलुङ, धनगढी, र बुटवलमा ग्यारो इलेक्ट्रिक स्कुटरका डिलर उपलब्ध छन्।