काठमाडौं, जेठ ११ – शनिबार एक विशेष समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले वैदिक सनातन विधिअनुसार पूजा गरी नयाँ कार्यालयको उद्घाटन गर्नुभयो। सो अवसरमा बैंकका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, तथा वरिष्ठ व्यवस्थापकहरू उपस्थित थिए।
बैंकले राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी, यसअघि थापाथलीस्थित ट्रेड टावरबाट सञ्चालन गर्दै आएको आफ्नो कर्पोरेट कार्य सञ्चालन अब कमलादी, काठमाडौं–२८ स्थित भवनबाट गर्ने भएको हो।
बैंकको नयाँ भवनमा प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृतहरू तथा विविध विभागहरू सरेका छन्। अबदेखि सम्पूर्ण प्रशासनिक तथा व्यवस्थापन सेवा एकीकृतरूपमा आफ्नै भवनबाट प्रदान गरिनेछ, जसले सेवा सुलभता, कार्यदक्षता र संस्थागत पहिचानमा अझ बलियो आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।