काठमाडौं, जेठ ७ । सुनचाँदी बजारमा आजको दिन ‘चमत्कारी’ सावित भयो। एकैपटक पाँच हजार रुपैयाँले उकालो लागेको सुनको मूल्यले लगानीकर्तालाई लाभको संकेत गरे पनि, आम उपभोक्तालाई भने झस्काएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार मात्र सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ थियो।