काठमाडौं । नेपालको भूमि व्यवस्थामा सुधार ल्याउने उद्देश्यसहित “भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको विधेयक, २०८२” आज प्रतिनिधिसभामा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा पेस गरेका हुन्।
मन्त्रालयका अनुसार, पुराना भूमि कानुनहरू व्यवहारमा उतार्न कठिन हुन थालेको र वर्तमान परिवेशसँग मेल नखाने बुँदाहरूलाई परिमार्जन गर्न विधेयक ल्याइएको हो।
विधेयकले भूमि व्यवस्थापनमा देखिएका व्यावहारिक समस्या समाधान गर्ने, कानुनी अस्पष्टता हटाउने र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।
अब प्रतिनिधिसभामा विधेयकमाथि विस्तृत छलफलपछि आवश्यक संशोधनसहित पारित गरिने प्रक्रिया अघि बढ्नेछ।